उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी !

सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ। सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण […]

Continue Reading

राष्ट्रपतिले कुटिएका डाक्टरसँग माफी माग्नैपर्छ : ज्ञानेन्द्र शाही !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । राप्रसा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका शाहीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति राष्ट्रपतिले चिकित्सकसँग क्षमा माग्नुपर्ने समेत बताएका छन् शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी वानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिडेको भन्दै […]

Continue Reading

स्कुटरलाई बसले ठक्कर दिँदा एक युवतीको मृत्यु !

 पोखरा । पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँएकाे थियाे । साे दुर्घटनामा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो । […]

Continue Reading

 रौतहटको वृन्दावनमा कर उठाउन बनाएको छाप्रो स्थानीयले भत्काए !

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका स्थानीयले नदीजन्य पर्दाथको कर उठाउन बनाएको छाप्रो भत्काइदिएका छन् । नगर प्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको मिलोमतो नियतवस नदीजन्य पदार्थको ठेक्का नलगाई अमानतमा लगाएर भ्रष्टाचार गरेको भन्दै आन्दोलनरत स्थानीयले शुक्रबार दिउँसो बागमती नदीस्थित रमौली घाटमा पुगेर खरको छाप्रो तोडफोड गरेर भत्काइदिएका हुन् । ठूलो संख्यामा […]

Continue Reading

उपभोक्ताको दैनिक खर्च तीन महिनामा झन्डै दोब्बर भयो !

खर्च बढ्दो, आम्दानी घट्दो। वनस्थली बस्ने सीतामाया तामाङलाई अचेल यो चिन्ताले सताउन थालेको छ। ‘काठमाडौंमा कसरी टिक्ने होला’ भन्दै श्रीमान विकल्पलाई भनिरहेकी हुन्छिन्। वनस्थली चोकमा सामान्य डेरी पसल चलाउँछन् उनीहरू। घरखर्च जोहो यसैको आम्दानीले भइरहेको छ। तीन-चार महिनाअघि दैनिक एक सयदेखि दुई सय ५० लिटरसम्म दूध बिक्री हुन्थ्यो। अहिले ५० लिटर पनि बिक्दैन। ‘पहिले दुई/तीन लिटर दूध लैजानेले ग्राहकले अहिले एक/डेढ लिटर […]

Continue Reading

राष्ट्र बैंकले ब्याजदर घटाए घट्नसक्ने !

नेपाल बैंकर्स संघले आगामी फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशतमा झारेमा थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख […]

Continue Reading

सिरिया र टर्कीमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या १५ हजार नाघ्यो !

एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी […]

Continue Reading

शिक्षक र विद्यार्थी समयमा विद्यालय नपुगे घर फर्काउने अभियान सुरु !

कैलाली । वर्तमान समयमा हाम्रो देशको शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा छ । त्यसमा पनि सामुदायिक विद्यालयको अवस्था त कुरा गरी साध्य छैन् । शिक्षाको गुणस्तर सुधारमा नयाँ र रचनात्मक उपाय अवलम्बन गर्नु त र परको कुरा हो । सरकारले बनाएको नियम समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाईदैन । तर कैलालीको एक विद्यालयले भने शिक्षाको गुणस्तर सुधारका […]

Continue Reading

अब सिम र मोबाइल सेट आफ्नै नाममा हुनपर्ने ! कहिले देखी लागु हुदैछ ?

अब कुनै पनि मोबाइल सेट चल्न उक्त सेट र त्यसमा भएको सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने व्यवस्था लागू हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै यस्तो व्यवस्था ल्याउन लागेको जनाएको छ।  प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि […]

Continue Reading

टर्कीमा अहिलेसम्म आठ हजारको मृत्यु, चिसो तथा परकम्पले उद्धारमा समस्या

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको विनाशकारी भूकम्पमा परी हालसम्म सात हजार नौ सयको मृत्यु भएको छ।  हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमको पर्वाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू संघर्ष गरिरहेका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय […]

Continue Reading