रौतहटको वृन्दावनमा कर उठाउन बनाएको छाप्रो स्थानीयले भत्काए !

उज्यालो खबर मुख्य खबर

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका स्थानीयले नदीजन्य पर्दाथको कर उठाउन बनाएको छाप्रो भत्काइदिएका छन् ।

नगर प्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको मिलोमतो नियतवस नदीजन्य पदार्थको ठेक्का नलगाई अमानतमा लगाएर भ्रष्टाचार गरेको भन्दै आन्दोलनरत स्थानीयले शुक्रबार दिउँसो बागमती नदीस्थित रमौली घाटमा पुगेर खरको छाप्रो तोडफोड गरेर भत्काइदिएका हुन् ।

ठूलो संख्यामा उपस्थित भएका स्थानीयले बाँस र खरबाट बनेको छाप्रोलाई भत्काएका हुन् । बागमती नदी छेउमा सो छाप्रोमा नगरपालिकाका खटाएका मानिसहरु बसेर नदीजन्य पदार्थहरु बोकेर आउने सवारी साधनहरुको रसिद काट्ने गरेका थिए । नगर प्रमुख कुर्मीले आफ्ना मान्छेलाई अमानतमा खोला उत्खननको रसिद काट्न लगाउने गरेको तर रसिदमा समय र मिति हुने नगरेको वृन्दावन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिकिन्द्र्र राउत कुर्मीले बताए ।

रसिद काट्ने कर्मचारीले मिलोमतोमा कम रसिद काट्ने तर धेरै नदीजन्य पदार्थहरु उत्खनन र ढुवानी हुने गरेको उनको भनाइ छ । । उनले नगर प्रमुख कुर्मीले आफुहरुलाई पनि थाहै नदीइ बागमती नदीको नदीजन्य पदार्थहरु अमानतमा लगाएको र त्यसको वास्तविक हिसाबकिताब सार्वजनिक नगरेर आर्थिक हिनामिना गर्दै नगरपालिकाको राजस्व छली गरेको आरोप लगाउँदै अब आफुहरुले त्यसको एक–एक हिसाब किताब खोज्ने चेतावनी दिए ।

‘नगर प्रमुख कुर्मी साउथ फिल्मको हिरोजस्तो दलबल सहित बागमती नदीमा अगरबती बाल्दै गिट्टी वालुवाको पूजा गरे अमानतको सुरुवात गरे’ उनले भने , ‘हामीले कार्यपालिकाको बैठममा धेरै पटक नदीजन्य पदार्थबाट उठेको रकमको बारेमा हिसाब माग्यौं तर पाएनौं । अमानत सुरु गरेको ५–६ महिना हुन लाग्यो तर आम्दानीको कुनै अत्तोपत्तो छैन् ।’

समाजवादी नेपालका मधेश प्रदेश सदस्य तथा स्थानीय विवेक पटेलले नगर प्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत भुजेलको मिलोमतोमा कर्मचारीहरुले दैनिक एक टिप टिप्पर/ट्याक्टरको रसिद काट्ने तर दैनिक ४–५ टिप नदीजन्य पदार्थहरु ओसारेर ठुलो रकम आर्थिक अनियमिता गरेको भन्दै आफूहरुले आजबाट नदी उत्खननमा रोक लगाएको बताए । उनले नदीजन्य पदार्थको सम्पूण हिसाब नगरपालिकाले पारदर्शी नगरुन्जेलसम्म उत्खनन गर्न नदीने र नगरपालिकाले जबरजस्ती गर्न खोजेमा कडा प्रतिवादमा उत्रने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *