अब सिम र मोबाइल सेट आफ्नै नाममा हुनपर्ने ! कहिले देखी लागु हुदैछ ?

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

अब कुनै पनि मोबाइल सेट चल्न उक्त सेट र त्यसमा भएको सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने व्यवस्था लागू हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै यस्तो व्यवस्था ल्याउन लागेको जनाएको छ। 

प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि बढाइरहेको बताए।

‘जसको नाममा सिम र सेट छ त्यो फोन चल्नुपर्छ भन्ने हो। एकै व्यक्तिको नाममा नभए त्यो फोन मात्रै एउटा बट्टा हुनेछ,’ उनले कार्यक्रममा भने, ‘यसको लागि एमडिएमएस प्रणाली लागू हुनु आवश्यक छ। साथै व्यक्तिको केवाइसी पनि अपडेट हुनुपर्‍यो।’

केवाइसी भर्न कुनै पनि व्यक्तिलाई आफ्नै नामको सिम आवश्यक पर्छ। त्यस्तै एमडिएमएस प्रणालीमा फोन सेट दर्ता भएपछि फोन कसको नाममा छ भन्ने खुल्छ। 

‘सिम र सेट फरक–फरक व्यक्तिको नाममा भए त्यो फोन चल्दैन। सोही अनुसार प्राधिकरणले आफ्नो काम अघि बढाएको छ,’ उनले भने। 

मिश्रका अनुसार एमडिएमएस प्रणालीमै ‘ओनरसिप ट्रान्सफर’ भन्ने विकल्प राखिनेछ। उक्त फिचरको प्रयोगमा फोन सेट अर्को व्यक्तिको नाममा नामसारी गरिदिन मिल्नेछ। यो जसको नाममा सेट छ उसैले मात्रै गर्न मिल्छ।

बुधबार मोबाइल वितरण संघले तत्कालै एमडिएमएस प्रणाली लागू गर्न माग गर्दै पत्रकार सम्मेलन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *