उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी !

उज्यालो खबर मुख्य खबर

सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ। सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ। त्यस्तै सुदुरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *