२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

  बिरेन्द्र बाग / महेन्द्रनगर- कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर  मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरको  प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।