कबिन्द्र सिङ्ह/ धनगढी – आफ्नो स्थापनाकालको छोटो समयमै एकदमै उत्कृष्ट अनि बलियो नतिजा ल्याउन सफल एलाइन्स इन्टरनेसन मोडेल स्कुल प्लस टु ले अब देखिका कक्षाहरु नया भवन बाट सन्चालन गर्ने भएको छ ।
हाल धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको एलाइन्स प्लस टुले सुविधा सम्पन्न नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको हो ।
पुरानो भवनमा सीमित भौतिक पूर्वाधारका कारण चुनौती महसुस गर्दै आएको एलाइन्स प्लस टुले अब धनगढी २ सन्तोषी टोल स्थित दाहाल पुस्तक पसल नजिकै रहेको सुविधा सम्पन्न भवनबाट कक्षा सञ्चालन गर्ने भएको उक्त बिध्यालयका शिक्षक शेर बहादुर धामिले जानकारि दिनु भएको छ ।
स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा मार्फत आफूलाई प्रमाणित गर्न सफल एलाइन्स प्लस टुले कानुन,व्यवस्थापन,होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स संकायमा अध्यापन गराउँदै आएको छ ।
नयाँ भवनमा अत्याधुनिधक कम्प्युटर ल्याब,होटेल म्यानेजमेन्टका लागि सुविधा सम्पन्न ल्याब, उच्चस्तरीय पुस्तकालय,एसी सहितका स्मार्ट कक्षा कोठा ,कानुन संकायका विद्यार्थीका लागि मुटकोर्टको व्यवस्था जस्ता विभिन्न सुविधाहरू रहने विद्यालय प्रशासनले जानकारी दिएको छ। शान्त तथा सुरक्षीत वातावरण,प्रसस्त खेलमैदान,अनुभवी तथा दक्ष शिक्षक शिक्षिका र प्रविधि मैत्री शिक्षण प्रद्धतीनै एलाइन्सको मुख्य आधार रहेको पनि जनाइएको छ ।
२०७६ सालमा स्थापना भए सङ्गै छोटो समयमा राम्रो नाम कमाउन सफल एलाइन्स स्कुल ले हाल शिक्षण क्रियाकलाप मा मात्र नभइ प्राक्टिकल , शैक्षिक भ्रमण अनि भलिबल, फुटबल ,कबड्डि ,जस्ता थुप्रै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा ल्याउदै थप सफलता हात पारेको छ ।









