२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

चुनावका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाण्डौ – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
सामाजिक अध्ययन शिक्षकका लागि तयार गरिएको ‘निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२’ आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नारासहित स्रोत पुस्तिका तयार पारिएको हो । स्रोत पुस्तिकामा सात वटा परिच्छेदमा लोकतन्त्र, संविधान र चुनाव सम्बन्धी विषय समेटिएका छन् ।
पहिलो परिच्छेदमा लोकतन्त्र र संविधान, दोस्रोमा चुनाव तथा राजनीतिक दलसम्बन्धी व्यवस्था समावेश छ । तेस्रो परिच्छेदमा चुनावी प्रणाली, विभिन्न तहका चुनाव र समावेशिताबारे उल्लेख गरिएको छ ।

चौथो परिच्छेदमा निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा ९नो भोट र मतगणनाबारे जानकारी दिइएको छ । पाँचौँ परिच्छेदमा निर्वाचन व्यवस्थापन गर्ने निकाय र सम्बद्ध कानुन समेटिएका छन् । छैटौँ परिच्छेदमा निर्वाचन आचारसंहिता, यसको पालना, अनुगमन र पर्यवेक्षणका विषय समावेश छन् । सातौँ परिच्छेदमा निर्वाचनका सरोकारवाला, नागरिकको अधिकार–कर्तव्य, शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमण सम्बन्धी विषय उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।