२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

टिकटकमा खुकुरी देखाउँदै भिडियो बनाउने तीन युवक पक्राउ !

सुर्खेत । सुर्खेतमा सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन युवकलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनीहरूलाई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१०, एयरपोर्ट बस्दै आएका १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई वीरेन्द्रनगर–१०, एयरपोर्ट बस्दै आएका १९ वर्षीय असिम साउँद र वीरेन्द्रनगर–११, पिपिरा बस्दै आएका १८ वर्षीय प्रकाश सुनार रहेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए ।

उनीहरूलाई घरेलु हातहतियार (खुकुरी) सहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको उनले बताए । उनीहरू वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत खुकुरी प्रदर्शन गर्दै भिडियो सार्वजनिक गरेपछि समुदायमा त्रास फैलिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।