२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : केसी !

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका थिए । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए ।

“हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ । विसं २०१५ पछि जनताबाट प्राप्त उत्साहसहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद र सरकारको कर्तव्य हो”, उनले भने, “म निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्याससहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ । म हरेक सांसदको विशेषाधिकारको रक्षकका रुपमा काम गर्नेछु ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।