२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

बझाङ्ग – सुदुरपस्चिम प्रदेश सभाका माननिय सभामुख भिम भन्डारि बझाङ्ग आउने भएका छन ।

जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर  ६ अन्तर्गत पर्ने कफलसेरि माध्यमिक बिध्यालय आयोजना हुन लागेको एक कार्यक्रममा सहभागि हुन सभामुख भन्डारि सोमबार बझाङ्ग आउने कार्यक्रम रहेको कफलसेरि माध्यमिक बिध्यालयका बि ब्य स अध्यक्ष जय बहादुर कार्किले जानकारि दिनु भएको छ

अध्यक्ष कार्किका अनुसार आउदो सोमबार बिद्यालयले सरस्वति पूजाको अवसर पारेर आयोजना गर्न लागेको अभिभावक भेला तथा सांस्कृतिक कार्यक्रमका लागि माननिय सभामुख लाई प्रमुख अतिथिका लागि पत्राचार भैसकेको र उहा बझाङ्ग आउने पक्का भएको बताए ।

सभामुख सङ्गै  उक्त कार्यक्रममा बुङ्गल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामिको समेत उपस्थिति रहने बिध्यालयका तर्फबाट जानकारि आएको छ ।

बिद्यालयका तर्फबाट  कफलसेरि मा बि का  प्रधानाध्यापक हेमन्त बहादुर सिङ्ह का अनुसार माननिय सभामुख भन्डारिलाई प्रमुख अतिथि तथा नगरप्रमुख धामिलाई बिशिस्ट अतिथिका रुपमा आमन्त्रण गरिए सङ्गै  उहाहरु दुबै जनाको उपस्थिति रहने पक्का भएको हो ।

प्रधानाध्यापक सिङ्हका अनुसार सरस्वति  पूजाको अवसर पारेर बिध्यालयले आयोजना गर्न लागेको उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागिएको छ ।

बिभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम सङ्गै बृहत रुपमा   आयोजना हुन लागेको उक्त कार्यक्रमका माननिय सभामुख भन्डारि ,नगरप्रमुख ,धामि लगायत सम्पुर्ण अभिभावक , बिभिन्न बिध्यालयका अध्यक्ष तथा प्रधानाध्यापक , शिक्षक शिक्षिका , राजनितिक दलका प्रतिनिधि , प्रहरि प्रशासन , पत्रकार ,ब्यापारि सङ्गै अन्य ब्यक्तित्वहरुलाई समेत उपस्थितिका लागि पनि अनुरोध गरेको छ्।

  बिरेन्द्र बाग / महेन्द्रनगर- कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर  मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरको  प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।