शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै कलेजमा आगजनी !

आर्थिक परिवेश उज्यालो बहस मुख्य खबर शैक्षिक निगरानी

नवलपुरको कलेजमा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। 

आइतबार गैंडाकोटस्थित जनक कलेजका एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको र कलेजले शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए। 

उनका अनुसार चार दिनअघि एक शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेका थिए। उनीहरूले कलेजमा भनेर पनि कुनै कारबाही नगरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका हुन्। 

तीन-चार दिन बित्दा पनि कलेजले कुनै पनि कारबाही नगरेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। 

उनीहरूले शिक्षकलाई कारबाहीको गर्नुपर्ने माग गरेका छन्। 

विद्यार्थी तथा स्थानीयले कलेज परिसरमा तोडफोड समेत गरेका छन्। उनीहरूले दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरी उपरीक्षक महर्जनले जानकारी दिए। 

आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको महर्जनले बताए। 

‘अवस्था नियन्त्रणमा लिन पाँच-सात राउण्ड अश्रुग्यास  प्रयोग गरिएको थियो,’ उनले भने, ‘अवस्था समान्य हुन झन्डै पाँच घण्टा लाग्यो।’

घटनामा सात\दश जना प्रहरी समेत घाइते भएका छन्।

कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खवर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *