नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प छैन, कमरुद्दिन राई !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख ४ गते ।
जसपाबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार कमरुद्दिन राईले नेपालगन्ज नगरको बिकासका लागि जसपाको बिकल्प नभएको बताएका छ्न ।

जसपा नेपालगन्ज उपमहानगरपालिका २० को सम्पर्क कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए । उनले आफ्नो चुनाब चिन्ह छातामा छाप लगाएर मतदान गर्न अपिल गरे । उनले आफ्नो उम्मेदवारी किसानको हितमा भएको बताए ।

उनले उपमहानगरपालिकामा चुनाव जितेर गएका जनप्रतिनिधिले किसानका लागि कुनै काम नगरेको आरोप लगाए । उनले अघिल्लो निर्वाचनमा चुनाव जितेर गएकाले नगरको बिकास गर्न नसकेको बताए । उनले बालबालिकालाई शिक्षाको सवालमा बिशेश ध्यान दिने बताए ।

खासगरि मधेसी तथा मुस्लिम समुदायका किशोरीहरुलाई शिक्षाको मुलप्रबाहमा ल्याउन बीमालाई प्रोत्साहन गरिने उल्लेख गरेका छ्न । उनले सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थित गरिने बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने उनको प्रतिबद्धता छ ।

अहिले पनि गरिब तथा बिपन्न समुदायका मानिसहरु स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेकाले आफु निर्वाचित भए उनिहरुको लागि स्वास्थ्यलाई निशुल्करुपमा अगाडि बढाइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *