बा ३ ख ७८५८ नम्बरको बस दुर्घटना भई मकवानपुरको भीमफेदीमा ६ को मृत्यु !

उज्यालो खबर मुख्य खबर

हेटौंडा । बिहीबार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको यात्रु बस मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

त्यहाँका स्थानीयका अनुसार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको छ भने केही यात्रु बसभित्र थिचिएको आशंका गरिएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।बस दुर्घटनाबारे उद्धार जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *