पूर्व पश्चिम राजमार्गस्थि रोकिरहेको टिपरमा कार ठोक्कियो, तीनजना घाइते !

उज्यालो खबर मुख्य खबर

सर्लाही । पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

पूर्वबाट लालबन्दी तर्फ आउदै गरेको प्रदेश नम्बर ३–०१–०२४ च ५७४९ नम्बरको कार पुर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक रोकिरहेको ना १ क ८११० नम्बरको टिपरमा कार ठोक्किदा तीन जना घाइते भएका हुन्।

घाइते हुनेहरुमा हरिवन नःपा ३ बस्ने बर्स २८ को उपेन्द्र महतोको टाउको र हातमा चोट सोही ठाउँ बस्ने बर्ष ३८का सन्जिब मुक्तानको टाउकोमा चोट र हरिवन नःपा ११ बस्ने बर्ष २८ को निशा थापाको टाउमा खुट्टामा र शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलार्इ लालबन्दी सामान्य उपचारपछि थप उपचारका लागी काठमाडौं रिफर गरिएको छ । टिपर बनाउन ग्यारेज अगाडि रोकेर राखेको ठाउँमा विपरित दिशामा गएर कार टिपमा ठोक्किएको हो ।

के कारणले सडक भन्दा बाहिर गएर रोकिराखेको टिपरसँग कार ठोक्कियो भन्ने विषयमा अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।

news24

Leave a Reply

Your email address will not be published. Required fields are marked *