सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ का आगलागीपीडितलाई कपडा र खाद्यान्नसहित राहत सामग्री सहयोग प्राप्त भएको छ ।
बागमती नगरपालिका ३ का आगलागीपीडित बिन्दु देबि राम र राम पुकार महरालाई बागमती सेवा समाज हरिवन र वर्ल्ड भिजन इन्टरनेस्नल नेपालले राहत स्वारुप कपडा र खाद्यान्नसहित केही सामग्रीहरु सहयोग गरेको बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार आगलागीपीडित दुई परिवारलाई त्रिपाल ४ वटा, कम्बल ४ वटा, नाईनलको डोरि ४ वटा, म्याट ४ वटा, झुल ४ वटा,सोलार बत्ति २ वटा र चामल २ बोरा सहयोग गरिएको बागमती सेवा समाजले जनाएको छ।
संकट, विपद्मा परेका मानिसहरुलाई बागमती सेवा समाज हरिवनले निरन्तर सहयोग गर्दै आएको छ भने विपन्न नागरिकहरुलाई कसरी सम्पन्नता तर्फ लैजान सकिन्छ भनेर उनीहरुको अर्थोपार्जनका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेको छ ।