काठमाडौं । दोङ नेपालका महंगा र्यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् ।
विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए ।
कतिपय विदेशी आयोजकसँग दोङले उक्त मूल्यमै सम्झौता गरेको जनाइएको छ । ‘दश टाउके रावण’ दोङको चर्चित गीत हो ।
दोस्रो महंगो र्यापरमा भिटेन छन् । उनले विदेशमा हुने एउटा शो ३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । जी-बब तेस्रो महंगा र्यापर हुन्, जसको प्रति शो पारिश्रमिक दुई लाख रुपैयाँ भन्दा बढी छ ।
जी-बबले तिहारलगत्तै अन्तर्राष्ट्रिय टुर सुरु गर्दैछन् । नेपालसहित ५० वटा शो उनको निश्चित भइसकेको छ । यस्तोमा विदेशबाट जी-बबलाई आकर्षक कमाइ हुनसक्छ ।
डीएनएक्सले डेढ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । विदेशबाट समेत पछिल्लो समय उनको डिमान्ड भइरहेको छ । लाउरे पनि अर्का चर्चित र्यापर हुन्, जसको पनि विदेशका कार्यक्रममा उच्च माग छ । यो खबर अनलाईन खबर मा छ ।