साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्यायो !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौँ — साझा यातायातले चीनबाट ३ वटा बिजुली बस भित्र्याएको छ ।

ती बस बुधबार तातोपानी नाकामा आएर भन्सार पास प्रक्रियामा रहेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार भन्सार पासपछि ती बस दुई – तीन दिनमा काठमाडौं आउने छन् ।

ती बस काठमाडौं उपत्यकामै चलाउने साझाको लक्ष्य छ । डिजेल बसभन्दा यी बस केही साना रहेको उनले बताए । यसमा चालकसहित २६ सिट हुन्छ, ९ मिटर लम्बाइ रहेको छ । चीनको नानजिङमा यी बस तयार गरिएको हो । नेपाल ल्याउँदा एउटा बसको लागत करिब डेढ करोड पर्न आउनेछ । साझाले अरु ३७ बस चीनबाट ल्याउने छ ।

यी ३ वटा बस काठमाडौंमा गुडाएर सफल भइसकेपछि साउनमा मात्रै ती ३७ बस ल्याइने पाण्डेले बताए । साझाले कुल ४० वटा बिजुली बस ल्याउन लागेको हो । साझाले चार्जिङ स्टेसन पनि बनाइहेको छ । हाल साझाले ७१ वटा बस सञ्चालन गर्दै आएको छ । यो खबर इकान्तिपुर मा छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *