महिलाकाे शंकास्पद मृत्यु ! धामी-झाँक्रीसहित ७ जना प्रहरीको नियन्त्रणमा !

उज्यालो खबर मुख्य खबर

कञ्चनपुरमा एक महिलाकाे मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

बेतकाेट नगरपालिका-६ की अन्दाजी ४३ बर्षीय रञ्चुली साउँदकाे शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको जनाएको हाे।

घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जनाकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा लामाे समयदेखि मृतक महिलाको उपचार गर्दै आएका मुख्य धामी भीमदत्त नगरपालिका- ७ हल्दुखालका ६०  वर्षीय धर्मानन्द भट्ट, बेतकाेटकै सहायक धामी भएर मृतक महिलाको उपचार गरेकी कमला साउँद, अर्को धामी भीमदत्त नगरपालिका -७२ बर्षीय नारायणदत्त भट्ट रहेका छन्। यस्तै, अन्य ४ जना उनकै साउँद परिवारका रहेका छन्।

रञ्चुलीकाे मृत्यु उपचारको क्रममा धामी कमलाकाे घरमा भएको थियाे।

उनीहरूले बिहीबार मृत्यु भएको भने पनि शव कुहिएको अवस्थामा हुँदा केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *