नेपालगन्ज : उज्यालो मिशन मिडिया प्रा.ली नेपालगन्जले दशै तिहारको अवसरमा नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन गर्ने भएको छ । उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आयेजनमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुन लागेको हो ।
पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, अनि पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रा.लि. नेपालगंजका संचाल बिपिन खड्काले जानकारी दिए । खड्काका अनुसार फरक शैलि र सरलरुपमा पश्चिम नेपालका नयाँ आवाजहरु सहभागी गराइ डिजिटल माध्यायमबाट प्रतिस्पर्धा गराउन लागिएको बताए ।
प्रतियोगिता पुर्णरुपमा डिजिटल माध्यायमबाट हुने र बिजेता हुने आइडललाई एक लाख बराबरको गीत रेकर्डि तथा भिडियो निर्माण गरिदिने आयोजकले जनाएको छ । साथै आइडललाई आयोजकले आइडल ट्रफी, प्रमाणपत्र समेतको ब्यवस्था गरिएको बताए । डिजिटल सिंगीङ्ग आइडलको लागी फारम संगै अडीसन सुरु भैरहेको आयोजक संस्थाका अध्यक्ष खड्काले जनाएका छन् । जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ्ग, कैलालीबाट प्रतियोगीहरु सहभागी भैरहेका छन र टाढा बाट आउने प्रतिस्पर्धी प्रदिहरुले फारम भरैकै दिन अडिशन दिने व्यवस्था गरिएको छ ।
उज्यालो मिशन मिडियाको आफ्नै गीत रेकर्डिङ्ग स्टुडियोमा प्रतिस्पर्धीले आफ्नो आवाजमा गीत रेकर्डिङ्ग गर्ने छन र मिडियाकै टेलिभिजन सेटमा भिडियो सुटिङ्ग गरि अडिशन लिने ब्यवस्था गरिएको छ । प्रतिस्पर्धी सबैको अडियो भिडियो तयार गरी प्रायोजकहरुको बिज्ञापन समाबेस गरी एउटै समयमा बिश्वभर प्रशारण गर्ने र दर्शक तथा स्रोताहरुलाई आइडल छान्ने अधिकारको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।
आइडलको अन्तमा ग्राण्ड फैनल भव्य कार्यक्रम गरिने छ । राष्ट्रिय स्तरका चर्चिक गाएक एवम संगीतकर्मीहरुको उपस्थिति रहने फिनालेमा अनलाईन माध्यामबाट छनोटमा परेका टप १० प्रतिशप्रर्धी सहभागी हुनेछन । कार्यक्रममा बिभिन्न बिज्ञापन दाता तथा सहयोगीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिनेछ ।
फारम भर्ने र अडिशन दिने अन्तिम मिति असोज १५ गते सम्म रहेको छ भने ग्राण्ड फैनल दशै र तिहारको बिचमा हुने आयोजकले बताएको छ । उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आफ्नै गीत रेकर्डिङ्ग स्टुडीयो समेत रहेको हुँदा गीत गाउने रहर भएका, सम्भावना भएका र अवसरबाट बञ्चित ब्यक्तीहरुलाई अवसर दिने उदेश्यका साथ यो कार्यक्रमको सुभारम्भ गरिएको आयोजक संस्थाका अध्यक्ष बिपिन खड्काले बताए ।