वुलिङको विद्युतीय ‘एयर इभी’ तीन सय किलोमिटर रेन्ज दिने सार्वजनिक भयो ।

उज्यालो खबर मुख्य खबर

नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। इभी नेपाल मोटर्सले बिहीबार वुलिङको विद्युतीय कार ‘एयर इभी’ सार्वजनिक गरेको हो।

कम्पनीले बिहीबार नक्साल सोरुमको उद्घाटनसँगै एयर इभी बुकिङको लागि पनि खुला गरेको हो। हेर्दा सानो र चिटिक्कको वुलिङ एयर इभी सिटी कार हो। अर्थात् यो शहरी भू-भागको लागि उपयुक्त छ। 

कम्पनीले एयर इभीको दुई वटा भेरियन्ट सार्वजनिक गरेको हो। पहिलो एक पटकको पूरा चार्जमा २०० किलोमिटर रेन्ज दिने एयर इभी र दोस्रो एक पटकको पूरा चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने एयर इभी। यी भेरियन्टहरूको मूल्य क्रमशः २४ लाख ९९ हजार रूपैयाँ र ३० लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

एयर इभी ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छन्। ३० किलोवाट क्षमतासहितको मोटरले ४० एचपी पावर र ४१ पिएस टर्क जेनेरेट गर्छ भने ५० किलोवाट क्षमताको मोटरले ६७ एचपी पावर र ६८ पिएस टर्क जेनेरेछ गर्छ। गाडीमा लिथियम आइरन फोस्फेट ब्याट्री जडित छ। ब्याट्री जम्मा ४ घण्टामा पूरा चार्ज हुन्छ। कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ। यो खबर सेतोपाती मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *