५५ लाख नगदसहित दुई जना पक्राउ !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। 

आइतबार बिहान पौने १० बजे औरही नगरपालिका-१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। 

बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धिरजकुमार यादव र १८ वर्षीय रामशरण यादवलाई पक्राउ गरेको पंगेनीले बताए। 

धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद बरामद भएको उनले बताए। बरामद भएको रकममा एक हजार दरका ४५ थान र पाँच सयका दुई हजार थान नगद छन्।  

स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *