जसपा बाँकेद्धारा, नेतृत्वलाई निर्णय पुनः बिचार गर्न १० गते सम्म अल्टिमेटम !

उज्यालो खबर मुख्य खबर

जनता समाजवादी पार्टी, नेपाल बाँकेले नेपालगन्जमा मेयर पद आफ्नो पार्टीले नपाएपछि केन्द्रीय नेतृत्वलाई पर्सि शनिबारसम्मको अल्टिमेटम दिएको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय सच्चाउन माग गर्दै शनिबारसम्मको अल्टिमेटम दिएको हो ।

स्थानिय निर्वाचन २०७८ घोषण हुनु भन्दा अगावै देखिनै नेपालगंज उप–महानगरपालिका प्रमुख, उपप्रमुख लगायत २३ वटै वडाहरुमा चुनाव प्रचार प्रसारको गतिबिधी तिव्र रुपमा अगाडी बढाईएको अबस्थामा गठबन्धनको नाममा मेयर काँग्रेसलाई दिने भएपछि त्यो स्वीकारयोग्य नहुने बैठकले निर्णय गरेको जसपा बाँकेका सचिब राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

बैठकपछि केन्द्रमा पठाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ – स्थानिय निर्वाचनका लागी पाँच दलिय गठबन्धनको मिति २०७५÷०१÷०७ को बैठकले यस पार्टीको सहमतिमा बाँकेका हजारौ नेता कार्यकर्ताहरुको भावना विपरित नेपालगंज उप–महानगरपालिकाको सन्दर्भमा गरिएको निर्णय प्रति मिति २०७५÷०१÷०८ को जि.का.स. को बिस्तारित बैठक बाट घोर आपत्ति जनाउदै केन्द्रिय समितिले गठबन्धन दल संग नेपालगंज उप–महानगरपालिका प्रमुख, उप प्रमुख लगायत सम्पूर्ण वडाहरुमा हाम्रो पार्टीको पक्षमा मिति २०७५÷०१÷१० गते भित्र सहमति जुटाउन नसकेको खण्डमा प्रमुख, उपप्रमुख सहित २३ वटै वडाहरुमा विद्रोही उम्मेदवार खडा गरी निर्वाचनमा जाने व्यहोरा जानकारीका लागी अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *