बाकेको कबड्डि इतिहासमा पहिलो पटक बिस्वकपको मैदानमा खेलाडी पुग्न सफल भयका छन।बाके खजुरा गाउपालिकाका इसरार खान जुनियर बिस्वकप कबड्डि 2023 इरान मा सहभागी हुने भयका हुन।आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाकेबाट पहिलो पटक राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।
कबड्डीका बाके अध्यक्ष तथा स्वयम्सेवक प्रशिक्षक जनक केसिले राष्ट्रिय टिममा आफ्नो खेलाडिले जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा सहभागी हुने बताए ।
“दशमध्ये एकजना खेलाडी बाकेबाट पर्नु सामान्य विषय होइन”, उनले भने, “खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर प्राप्त भयको हो।
“जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, केसिले भने, “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।”
त्यस्तै कबड्डी खेलाडि इसरार खानले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताए । “बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ”, उनले भने, “पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिने छैन।” विश्वकपमा सहभागी खेलाडी खजुरा गाउपालिका बाकेका हुन।
प्रशिक्षक केसिले भने, “दस जना खेलाडी सम्मीलित टिममा एक जना बाके बाट छनोटमा परे ।”
सिनियरतर्फ बाकेबाट विश्वकप कबड्डी कसैले नखेलेको तर अन्तर्राष्ट्रिय खेलेका लोक बहादुर शाह र महिला तर्फ शान्ती सिंह रहेको विगत छ ।
बाके कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ । केसिले भने “कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।