नक्कली सरकारी कर्मचारी बनेर खुलेआम ठगी, ८ जना पक्राउ !

काठमाडौंमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘आन्तरिक राजस्व कार्यालय ठमेलका अधिकारी हुँ’ भन्दै होटेल तथा लजहरुबाट पैंसा असुल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुले नक्कली अनुगमन अधिकृत र कार्यरत कर्मचारी बनेर बसपार्क क्षेत्रका होटेल तथा लजहरुबाट कर नतिरेको भन्दै शुल्क असुल्ने गरेका थिए । ठगी […]

Continue Reading

किसानहरूले गरे चम्पावती जलविद्युतको कार्यालयमा आगजनी !

गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ। आयोजनामा पानी लैजादा आफूहरूको खेतमा सिँचाइ गर्न नपाइने भन्दै किसानहरू आन्दोलित भएका हुन्। स्थानीय राइनासटार […]

Continue Reading

रास्वपामा समानुपातिक सांसदबारे किन भइरहेको छ विवाद?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिकतर्फ प्रतिनिधि सभामा कसलाई सांसद पठाउने भन्नेमा विवाद भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ। ती १३ मा क-कसलाई पठाउने भन्नेमा भने रास्वपामा विवाद देखिएको हो। समानुपातिकतर्फ पाएको १३ सिटमध्ये आदिवासी जनजातिबाट ३ (डाक्टर ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ) थारूबाट १ (अशोक चौधरी)को सम्भावना […]

Continue Reading

वुलिङको विद्युतीय ‘एयर इभी’ तीन सय किलोमिटर रेन्ज दिने सार्वजनिक भयो ।

नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। इभी नेपाल मोटर्सले बिहीबार वुलिङको विद्युतीय कार ‘एयर इभी’ सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार नक्साल सोरुमको उद्घाटनसँगै एयर इभी बुकिङको लागि पनि खुला गरेको हो। हेर्दा सानो र चिटिक्कको वुलिङ एयर इभी सिटी कार हो। अर्थात् यो शहरी भू-भागको लागि उपयुक्त छ।  कम्पनीले एयर इभीको दुई वटा […]

Continue Reading

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण !

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी शुक्रबारदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा  यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।  गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी […]

Continue Reading

एनसेलको सेवामा समस्या !

सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेलको सेवा अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ। कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले भनेको छ। ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ, ‘कम्पनीका […]

Continue Reading

इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति !

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । मिथिला नगरपालिका २ का […]

Continue Reading

अमेरिकी संस्करणको परिजिता बाँस्तोला‘द भ्वाइस’बाट बाहिरिइन् !

काठमाडौं । नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए । परिजिताले आकर्षक गीत […]

Continue Reading

हँसिया प्रहार गरेर कैलालीमा एक जनाको हत्या !

 कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

Continue Reading

सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर !

पटक/पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरूवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरू गरेको छ।  ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो।  मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने […]

Continue Reading