सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर !

उज्यालो खबर मुख्य खबर

पटक/पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरूवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरू गरेको छ। 

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो। 

मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन्।

व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ। 

नगर सफा राख्ने कार्यमा नगरबासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ। 

सडकपेटी खाली गराउन पुगेका नगरप्रमुख केदार भण्डारीले पटक/पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए।

उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *