एनसेलको सेवामा समस्या !

उज्यालो खबर मुख्य खबर

सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेलको सेवा अवरुद्ध भएको छ।

बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले भनेको छ।

‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ, ‘कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।’

कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई अनुरोध गरेको छ ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ,’हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं।’ यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *