प्रदेशसभा सदस्य उम्मेदवार अकल भन्छन: जनताको सेवक बनेर काम गर्छु !

उज्यालो खबर मुख्य खबर

नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं २(ख) का प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले आफूलेजनतालाई आश्वासनमात्रै नभएर काम गरेर देखाउने बाँचा सहित भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर काम गर्ने सक्ने उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्।

बाँके क्षेत्र नं २(२) काे चुनावी प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालीको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे ।

‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन। आश्वासन र सपनाहरू बाँडिरहेको मात्रै छैन । यसअघि पनि यो क्षेत्रले सांसद पायो । पूरै जिल्लाले प्रधानमन्त्री पनि पायो,मन्त्री पायो तर नेपालगन्जले के पायो ? यो क्षेत्रका जनताले के पाए? यहाँ के विकास भयो?’ उनले भने पहिलो पटक चुनाव लडिरहेको छु। जनताको चौकीदार बन्न राजनीतिमा आएको बताए ।

देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेरपरिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका हेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताकाे अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक याे पाटीलाइ मौका दिन उनले अपिल गरे ।तपाईंहरूको यो विस्वासलाई डगमगाउन दिनेछैन। नेपालगन्जमा विकासको लहर लिएर तपाईंहरूसँगै हुनेछु ।’

चुनाव प्रचार प्रसारका लागि माओवादी केन्द्र नेपालगन्जले निर्वाचन क्षेत्र नं२(ख)का सबै वडाहरूमा प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ ।शुक्रबार  पनि नेपालगञ्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुल्ने माओवादी केन्द्र नेपालगझ प्रचार विभागले जानकारी दिएकाे छ।

जस अनुसार नेपालगञ्ज उपमहानगर वडा नं ४ को बाइपास राेडमा चुनावी प्रचार कार्यालयकाे उद्घाटन गरिएकाे छ। आजै नगर पार्टी कार्यालय मा रहेको निर्वाचन मुख्य सचिवालय को कार्यालय उद्घाटन कार्यक्रम रहेकाे निर्वाचन परिचालन कमिटी का संयाेजक नविन शर्माले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *