आज ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

मुख्य खबर स्वास्थका कुरा

“गुणस्तरीय नर्सिङ्ग सेवा हाम्रो शान, श्रम र सेवाको गरौं सम्मान” मूल नाराका साथ ५९औं राष्ट्रिय नर्सिङ्ग दिवस आज मनाइएको छ ।


नेपाल नर्सिङ्ग संघ, बाँके शाखाको आयोजनामा गरिएको नर्सिङ्ग दिवस कार्यक्रमलाई कोभिड–१९ लाई मध्येनजर राख्दै प्रत्येक वर्ष गर्दै आएको अन्य कार्यक्रमहरुलाई स्थगित गर्दै मनाएको बारे संघ की अध्यक्ष लक्ष्मी ओलीले बताएकी छिन् ।


भेरी अस्पतालको प्रागणमा राखिएको उक्त कार्यक्रममा भेरी अस्पतालमा लामो समय देखि कार्य गर्दै आएकी सि. स्टाफ नर्स राम कुमारी बुढा र कुसुम शाहीले अवकाश पाएपछि उनीहरुलाई दोसल्ला ओढाई फूलमाला, अबीर र सम्मान पत्र प्रदान गरी संघ की नर्सिङ्ग प्रसाशकीय प्रमुख तथा कार्यक्रम की प्रमुख अतिथी दुर्गाा लक्ष्मी श्रेष्ठले सम्मान गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *