नेपालगंज उ.म.नगरपालिका वडा नं. २ को वडाअध्यक्ष पदका लागी माओवादी केन्द्रबाट प्रमुख दाबेदार कस्मिरा खातुनको रहेको छ । ।
महिला उद्यमी एवम समाज सेवीको रुपमा काम गर्ने हिम्मत भएको एक महिला हुन खातुन । यही बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रको तर्फबाट पालगंज उ.म.नगरपालिका वडा नं. २ को वडाअध्यक्ष पदका उम्मेदवारमा कस्मिरा खातुन प्रमुख दावेदारको रूपमा देखा पर्नुभएको हो ।
माओवादी केन्द्रबाट दुई नम्बर वडाअध्यक्ष पदका ५ जना उम्मेदवारको आकांक्षी रहेका जसमध्ये कस्मिरा खातुन शसक्त उम्मेदवारको आकांक्षी रहेको बुझिएको छ ।
नेकपा माओवादी केन्द्रको नेपालगन्ज नगर कोषाध्यक्ष तथा माओवादी केन्द्रको भातृ संगठन मुस्लिम मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य समेत रहेको कस्मिरा खातुनको यस अघि उपमेयर पदको उम्मेदवारको रूपमा चर्चामा रहनुभएको थियो । तर पाँच दलीय गठबन्धन भएपछि खातुन वडा नम्बर दुईको वडाअध्यक्ष पदका शसक्त उम्मेदवारको आकांक्षी रहदै आउनु भएको बुझिएको छ ।
मुस्लिम महिला भएर पनि कस्मिरा खातुन लामो समय देखी यस नगरमा , जिम्मेवार, असल, सरल स्वभावकी जनप्रेमी तथा सफल उद्यमीको एक उदारण र नेपालगन्जको चर्चीत व्यक्ति हुन ।