बझाङ । बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । बुंगल नगरपालिको आयोजना भोलि साउन ७ गते बुधवार बुङ्गल नगरपालिकाको कार्यालयमा आर्थिक बर्ष २०८१/८२ सार्वजनिक सुनुवाइ हुने भएको हो ।
आर्थक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइमा नगरपालिकाले गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद जोशिले जानकारि दिनु भएको छ ।
अधिकृत जोशिले गत आर्थिक बर्षमा नगरपालिका बाट भए गरेका कामको जानकारी गराउनु का साथै गत आर्थिक बर्षमा विनियोजित रकममा के कति खर्च र आम्दानि सम्बन्धमा सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गर्ने बताउनु भयो।
जोशिले संस्थागत व्यवस्थापन तथा सुशासन सम्बन्धिका कार्यहरु पालिकाका कर्मचारीको अवस्था , स्वास्थ्य क्षेत्रको उपलब्धि , न्यायिक समिति ,बालबालिका उध्दम विकासका क्षेत्रहरुमा भएका विकासका कार्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाको मुख्य उपलब्धिमा प्रशासकीय भवन निर्माण कार्य सम्पन्न , सडकको स्तरोन्नति , खानेपानी , सांस्कृतिक सम्पदाको निर्माण , विपद व्यवस्थापन तथा मानव विकास सम्बन्धिका विभिन्न तालिम गोष्ठी गरेको उपलब्धिका रुपमा सार्वजनिक गर्नेछन ।
कार्यक्रममा गुनासो , सुझाव र प्रश्नकर्ताहरुले नगरपालिकाको कार्यसम्पादन प्रति समेत आफ्नो धारणा राख्न स्क्ने छन ।
बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रममा सेवाग्राहि, नागरिक समाज, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको , शुरक्षाकर्मि , पत्रकार लगायत सम्पुर्ण सरोकारवाला निकायहरुलाई उपस्थितिका लागि नगरपालिकाको तर्फबाट आग्रह समेत गरिएको छ ।










