२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

काम गर्नका लागि मिसन ८४ कुर्नु पर्दैन : सभामुख भण्डारी

बझाङ्ग – सुदुरपस्चिम प्रदेश सभाका माननिय सभामुख भिम  भण्डारीले काम गर्नका लागि मिसन ८४ कुर्नु नपर्ने बताउनु भएको छ ।

सोमबार बझाङ्ग को बुङ्गल नगरपालिका वडा नम्बर ६ स्थित कफलसेरि माध्यमिक बिद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै   माननिय सभामुख भण्डारीले काम गर्नका लागि मिसन ८४ कुर्नु नपर्ने बताउनु भएको हो ।

सरस्वति पूजा तथा बसन्त पन्चमिको अवसरमा कफलसेरि माध्यमिक बिध्यालयमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको निम्तो पाए सङ्गै सभामुख भण्डारी सोमबार बिहान नै बुङ्गल पुग्नु भएको थियो उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा उहाले राजनितिक दलका प्रतिनिधि सङ्गै अन्य उपस्थित सम्पुर्णलाई सुनाउदै आफुले यदाकदा केहि थरि मान्छेहरुले मिसन ८४ को कुरा गरेको सुनेको तर आफ्नो सोचमा त्यो नभएर आफुहरु सङ्ग अझै तिन बर्स जति कार्यकाल बचेकोले ८४ भन्दा अगाडि नै काम गर्न समय भएको बताउनु भयो ।

बुङ्गल नगरपालिकाका उप प्रमुख लगायत थुप्रै बिसिस्ट को उपस्थिति रहेको उक्त कार्यक्रममा उहाले भन्नु भयो “मैले मिसन ८४ भन्ने हल्ला सुनेको छु , तर अहिले को राजनितिक अवस्था हेर्दा ८४ मा नि खासै ठुलो केहि हुनेवाला छैन । हामि निर्वाचित भएको २ बर्श पुरा भैसकेको छ गएको समय केहि सिक्न मै गयो केहि बिग्रेको बनाउन मै गयो भनौ तर जनताका लागि काम गर्ने हो भने अझै लगभग ३ बर्स बचेको छ यो बचेको समयमा पनि हामिले जनताका लागि राम्रो काम गर्यौ भने जनताले मुल्याङ्कन गर्ने छन र राम्रो काम भए ८४ मा फेरि जिताउलान राम्रो काम भएन भने जनताका लागि केहि गरेन भने ८४ ले नि केहि हुदैन ।”

त्यस्तै कमिसनका योजनाहरु आउनुमा स्थानिय सरकारको धेरै कमजोरि रहेको पनि बताउनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा रहनु भएका बुङ्गल नगरपालिकाका उपप्रमुख धन बहादुर बोहराले मन्त्यब्य राख्ने क्रममा प्रदेश बाट आउने अधिकान्स योजनाहरु कमिसन बाट आएको र उक्त योजना जनताको लागि आवश्यक भए नभएको यकिन नै नगरि आएको र जस्ले योजना ल्याएको हो त्यो भन्दा अरु ब्यक्तिले काम गर्न नपाउने प्रबृति अहिले सुदुरपस्चिममा ब्याप्त पाइएकोले यसका लागि सभामुख ज्युको ध्यानाकर्सण होस भन्ने शब्दको प्रतिउत्तरमा सभामुख भण्डारिले उक्त समस्या समाधानको लागि स्थानिय सरकारको नि ठुलो कमजोरि रहेको बताउनु भएको थियो ।उहाले कुन योजना कहा बाट आएको हो भन्ने कुराको निर्क्यौल नगरि काम सन्चालनको सम्झौता गरिदिदा समस्या अझ बढेको बताउनु भयो ।

 यस्तो समस्याका लागि पहिले जनस्तर नै चेतनशिल हुनु पर्यो गल्ति जनताबाटै भएको छ । कमिसनका लागि पैसा लिएर न कुनै जनप्रतिनिधि जान्छ न कुनै मन्त्री जान्छ न त कुनै सभामुख नै कमिसनका लागि जनता नै जाने गर्छन त्यसैले जनता नै सुध्रीनु जरुरि  छ । कमिसनबाट आएका र जनसमुदायको भन्दा एक ब्यक्तिको हितहुने योजनाहरु  सम्झौता नै नगरे कमिसनवाला योजना हरु को समस्या समाधान गर्न सकिने पनि उहाले बताउनु भएको थियो ।

सरस्वति पूजाको अवसरमा आयोजित उक्त कार्यक्रममा सभामुख सहित बुङ्गल नगरपालिकाका उप प्रमुख , शिक्षा साखा प्रमुख अभिभावक , बिभिन्न बिध्यालयका शिक्षक शिक्षिका , बिब्यस अध्यक्ष , बिभिन्न पार्टिका प्रतिनिधि , समाजसेवि , बुद्दिजिबि , कर्मचारि , प्रहरि प्रशासन , पत्रकार लगायत सयौ मान्छेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।