२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

बझाङ्गमा पहिलो संस्करण को बुङ्गल प्रिमियर लिग आयोजना गरिने : सहभागि हुने पाच नामाकरण सम्पन्न

बझाङ्ग – बझाङको बुङ्गल नगरपालिकामा पहिलो संस्करण को बुङ्गल  प्रिमियर लिग (बि. पि. एल )आयोजना हुने भएको छ । जिल्लाको बुङ्गल नगरपालिकामा पहिलो  संस्करण को बि पि एल आयोजना हुने भएको हो ।

बुङ्गल  प्रिमियर लिगका तर्फ बाट  मङ्गलबार एक आधिकारिक सुचना जारि गर्दै पहिलो संस्करण को बि पि एल आयोजना हुने जानकारि गराएको थियो 

सुचनाका अनुसार पहिलो संस्करण को लिग आउदो २०८२ मा सन्चालन हुनेछ । जसमा पाच वटा टिमको सहभागिता रहने जनाईएको छ । पहिलो बि पि एल का लागि  पिपलकोट टाइगर, खिरातडी रोयल्स, देउलिकोट हिरोज कफलसेरि लायन्स र दहबगर किङ्स रहने छन ।                                      

 सम्भवतः नया बर्स को अवसरमा नै उक्त बिपिएल सन्चालन गराउने तयारि रहेको र केहि गरि ढिला भएमा आउदो दशै तिहारको अवसरमा उक्त लिग सन्चालन हुने पनि बिपिएलले जानकारि दिएको छ ।

बिपिएल द्वारा जारि सुचनाका अनुसार लिगमा सहभागि हुने टिमका लागि बिक्रि समेत खुल्ला गरिएको छ पाच वटै टिम मध्ये इच्छुक ब्यक्तिले जुनसुकै टिमलाई नि खरिद गर्न सकिने ब्यवस्था गरेको  बिपिएल आयोजकले जानकारी गराएका छन बिपिएल को अक्सन , खेलाडि छनौट र अन्य जानकारी हरु छिट्टै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नेछ ।

अहिलेको  बिख्यात क्रिकेट को लोकप्रीयता लाई  मध्यनजर गर्ने हो भने बिपिएल ले बुङ्गल मा मात्रै नभइ सिङ्गो नेपालको खेल क्षेत्रको बिकासमा  नया आयाम लिने अनुमान गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।