खजुरा ३ का स्वतन्त्र उम्मेदवार बिकासको अभियानमा साथ दिन घर-घरबाट निस्किए स्थानीय !

उज्यालो बहस मुख्य खबर

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार बिकास काउचाले चुनाव चिन्ह प्राप्त गरे संगै घरदैलो अभियान सुरु गरेका छन् ।

खजुरा ३ मा आइतबार देखी स्वतन्त्र उम्मेदवार काउचा मगरले झाकी सहित घरदैलो अभियान सुरु गरेका हुन् । खजुरा तिनका वृद्ध-वृद्धा, महिला, युवा, बुद्धिजीवी र सामाजिक ब्याक्तित्वहरुको समेतको उपस्थितिमा स्वतन्त्र उम्मेदवारी दिएका बिकास काउचा मगरलेको घरदैलो अभियानमा सहभागीता जनाएका थिए । खजुरा वडा नम्बर ३ को बि गाउँ, धौलागिरी, क गाउँ, खजुरा बजार लाइनको स्थानीयहरुको सहभागीता रहेको घरदैलो अभियानमा राजनैतिक पार्टी र अन्य बन्धन तोडेर स्वतन्त्र उम्मेदवार काउचा मगरको घरदैलोको समर्थनमा टोलटोलमा निस्किएका थिए ।

स्थानीयको साथ र समर्थन प्राप्त गरेका काउचा मगरको प्रचारको लागी एक ढिक्का भएर स्थानीय लागि परेको स्वतन्त्र उम्मेदवार बिकास काउचाले बताए । खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकास काउचा संगै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश सिजाली, नेकपा एमालेबाट पुर्ण बहादुर भण्डारी चुनावी मैदानमा छन् ।

खजुरा तिनमा उच्च चर्चा तथा जनलहर हेर्ने हो र खजुरा तिनका मतदानको बिगतको भोटिङ लय हेर्ने हो भने यसपालि स्वतन्त्र उम्मेदवारी दिएका बिकास काउचा मगरले प्रचण्ड बहुमतले चुनाव जित्ने आकलन सुरु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *