उपमेयरका उम्मेदवार कमरुद्दिन, मतदाताको उत्साहले थप उत्साहित !

उज्यालो खबर मुख्य खबर हेलो स्थानीय सरकार

बाँके बैशाख १८ गते ।
३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेसँगै मतदाता उत्साहित भएका छन् । उनी पुग्न नसकेका ठाउँका मतदाताले एकछिन भएपनि आइदिनु पर्यो भनेर बोलाउने गरेको राईले बताए ।

उनले समय छोटो भए पनि सवै ठाउँका मतदातामाझ पुग्ने प्रयास गरेको बताए । ‘सवै मतदातामाझ पुग्ने मेरो चाहना छ, तर समय छोटो भएकोले कहिँकतै पुग्न नसकिएको होला । जान छुटेको ठाउँका मतदाताले मेरो समस्या बुझिदिनु हुने छ भन्ने मलाई आशा छ,’ उनले भने ।

उनी मतदाता भेट्न आत्तुर छन् । मतदाता भेट्न नपाउँदा उनलाई खल्लो महशुस हुन्छ । मतदातालाई भेट्नकै लागि उनी जम्मा चार घण्टा सुत्छन् । ‘म पुग्न नसकेको ठाउँका मतदाताले फोन गरेर एकछिनका लागि भए पनि आइदिनु पर्यो, हाम्रो कुरा सुनिदिनु पर्यो भन्नुहुन्छ,’ उनले भने, ‘मतदाताको उत्साह देखेर म पनि उत्साहित भएको छु ।’

मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘मलाई सवै बर्ग, समुह, जातजाती, धर्मावलम्बीको साथ, सहयोग र समर्थन मिलेको छ । यसले म चुनाव जित्ने सुनिश्चितता गरेको छ,’ उनले भने । उनले सोँच, विचार गरेर मात्र उत्तम ब्यक्तिलाई मतदान गर्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *