२१ जना संलग्न भूपेन्द्र बडुवालको हत्यामा , अझै ९ जना खोज्दैछ प्रहरी

उज्यालो खबर मुख्य खबर

२० मंसिर, धनगढी । २३ कात्तिकमा कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या घटनामा २१ जना संलग्न रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको लम्की, चिसापानी, टीकापुर र छिमेकी जिल्ला बर्दियाका समेत गरी २१ जनामाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जनाएको छ । तर प्रहरीले हालसम्म मुख्य अभियुक्त भनिएका र उनीहरुलाई संरक्षण दिने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले १२ जनालाई पक्राउ गर्न सफल भएपनि अन्य ९ जना अझै फरार रहेको सुनाए । पत्रकार सम्मेलनमा प्रहरीले कुनै पनि अभियुक्तलाई सार्वजनिक गरेन तर उनीहरुको विवरण भने सार्वजनिक गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत अनुसन्धानमा खटिएको भूपेन्द्र हत्याको घटनालाई प्रहरीले योजनाबद्ध भनेको छ र हत्या घटनामा नवीन रावल समूहको जम्काभेटमा भएको उल्लेख गरेको छ ।

यस्तो छ घटनाको विवरण

कैलालीका एसपी विश्व अधिकारीका अनुसार टीकापुर नगरपालिका–१ का अशोक रावलको संरक्षणमा स्थानीय लोकजंग शाहीसमेतले युवाहरुको समूह बनाएर अपराधिक लाभका निमित्त परिचालन गर्दै आएका थिए ।

विशेष गरी लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ, वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाको समूह परिचालन गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

यो खवर अनलाइन खबरमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *