टिपरको ठक्करबाट प्युठानमा दुईजनाको मृत्यु, ४ जना घाइते

उज्यालो खबर मुख्य खबर

प्युठान, २० मंसिर । प्युठानमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

लु १ ह ५७०७ नम्बरको अटो रिक्सालाई टिपरले ठक्कर दिँदा प्युठान नगरपालिकाका स्थानियहरु अमृत थापा र सुशान्त थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते चार जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको प्रहरीको भनाई छ । रिक्सालाई ठक्कर दिएपछि फरार भएका टिपर चालकको खोजी गरेर कारवाही गर्न र मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सडक बन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *