दक्षिण कोरियाको इचेनस्थित अस्पतालमा आगलागी भएर ५ जनाको मृत्यु, ३७ घाइते !

उज्यालो खबर मुख्य खबर

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *