सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
बाह्रबिसे नगरपालिका– ८, मानेश्वारामा स्थानीय मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएको हो । विस्फोटलगत्तै आगलागी हुँदा घरभित्र रहेका तीन बालबालिकाको जलेर मृत्यु भएको जनाइएको छ ।
आइतबार साँझ ७ बजेतिर ग्यास विस्फोट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परेर मिनबहादुरका १० वर्षीय इशाक तामाङ, कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्या तामाङको जलेर मृत्यु प्रहरीको भनाइ छ ।
आगोमा परी मिनबहादुर पनि घाइते भएका छन् । हाल उनको उपचार भइरहेको जनाइएको छ । यो खबर news 24 मा छ ।