अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ जना घाइते !

उज्यालो खबर मुख्य खबर

अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन्।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडिओहरूमा गोली चलेको आवाजसँगै मानिसहरू सडकमा दौडिएको देखिन्छ।

गोली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ। गोली कसले चलाएको हो र मारिनेहरू को-को हुन भन्ने खुलिसकेको छैन

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *