समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा, सचिवमा ओली

मुख्य खबर हेलो स्थानीय सरकार

नेपालगन्ज : नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् ।

शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु संगम खड्का र हरि देवकोटा र कोषाध्यक्षमा रमेश क्षेत्री चयन भएका छन् ।

त्यस्तै नवगठित सदस्यहरूमा तुलबिर बिश्वकर्मा, सागर देवकोटा र प्रकाश धामी चयन भएका छन् ।

भेलामा नेकपा (एकीकृत समाजबादि) खेलकुद महासङको केन्द्रिय उपाध्यक्षको सम्सुद्दिन सिद्दिकी, नेकपा एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा तथा एकीकृत समाजबादी जानकी गाउँपालिका अध्यक्ष रामवरण बर्मा लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *