काठमाडौं । पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढिरहेका छन् । मुलुकभर आइतबार (आज) मात्रै पनि थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८ सय ४८ पीसीआर परक्षिणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टिजेन परक्षिणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।
त्यस्तै थप २ सय २४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।