नेपालगन्जको उपमेयरमा जसपाबाट राई लडन तयार !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख ९ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) उपमेयरमै चित्त बुझाउन तयार भएको छ । नेपालगञ्जको मेयर कांग्रेसलाई दिने पाँच दलीय गठबन्धनको सहमति नमान्ने भन्दै विद्रोहको चेतावनी दिएको जसपा मेयर चाहिने अडानबाट पछि हटेको हो ।

योसँगै नेपालगञ्जमा गठबन्धनमा आबद्ध दलहरूबीच देखिएको विवाद मत्थर भएको छ । जसपा बाँकेका अध्यक्ष तथा नेपालगञ्ज मेयरका उम्मेदवार कमरुद्दीन राईले केन्द्र र जिल्लाकै कतिपय नेताले गठबन्धनको निर्णय मन्न अनुरोध गरेको बताए ।

’केन्द्रले मेयर छोड्ने सहमति गरिहाल्यो । जिल्लामा पनि धेरै साथीहरूले गठबन्धनको निर्णय अवज्ञा नगरौँ भन्ने मत राख्नुभयो’, उनले भने ।

यसअघि जसपा बाँकेले नेपालगञ्जसहित जिल्लाका चार स्थानीय तह प्रमुखमा गठबन्धन नगर्ने निर्णय गरेको थियो । केन्द्रमा गठबन्धनले बुधबार नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *