सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि, स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो !

उज्यालो खबर मुख्य खबर

मेलम्ची । इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८–७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयमा सुत्केरी महिलाले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले बताए।

कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार नगदसहित एक क्रेट अण्डा दिने गरेको छ । सुनौलो हजार दिनलाई प्रभावकारी बनाउने र कुपोषित बच्चालाई लक्षित गरी दुई वर्षसम्मको बच्चालाई पोषणयुक्त खाना खुवाउने उद्देश्यले कार्यक्रम सुरु भएको हो ।

‘घर–घरमा झण्डा सुत्केरीलाई अण्डा’ भन्ने नाराका साथ कार्यक्रम सुरु भएको थियो । पालिकास्तरीय पोषण तथा कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त कार्यक्रम प्रभावकारी भएको पाइएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम आजबाट सुरु भएको छ । तीन दिन चल्ने गोष्ठीमा पालिका मातहतका १२ स्वास्थ्यचौकी प्रमुख, खाद्य तथा पोषणअन्तर्गत कार्यरत कर्मचारीको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *