पाटनमा बेपत्ता भएका ७ जनाको उद्धार

मुख्य खबर हेलो स्थानीय सरकार

पाँच दिनदेखि कुनै पनि खाने कुरा खाना नपाएका पाटनको चिसोले कमजोर बनेका ७ जनालाई पाटनकै खोचमा रहेको ओढारमा बसिरहेका अबस्थामा नेपाल प्रहरी र स्थानीय नागरिकको टोलीले फेला पारेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले जानकारी दिए । पाटनको ओढारमा फेला परेका ७ जनालाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट गाउँतिर ल्याउने काम भईरहेको जिल्ला प्रहरी प्रमुख थापाले बताए ।

प्रतिकुल मौसमका बाबजुद पनि अबिरल बर्षासंगै आएको हावाहुरीले पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गर्न सफल भएको डिएसपी थापाले बताए । पाँच दिनपछि पाटनमै फेला परेका ७ जनाको स्वास्थ्य अबस्था सामान्य रहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

जलजला पाटनमा पाँच दिनपछि फेलापर्नेमा कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षिय दिल बहादुर खड्का, २५ वर्षिय विक्रम खडका, २८ वर्षिय चन्द्रा खड्का, १८ वर्षिय भविन्द्र खड्का, १२ वर्षिय मीम खड्का, १७ वर्षिय धनसरा खड्का र ९ पैंकका ४० वर्षिय कृष्ण रोकाय रहेका छन् । उनीहरुसंगै गाई, भैसी र बाख्रा लिएर गत जेठ ३१ गते जलजला पाटनमा पुग्नेमा कशे गाउँपालिका–९ पैंकका ४४ बर्षिय भक्तबहादुर रोकाय, १० बर्षिय ईश्वर रोकाय, १४ बर्षिय दुर्गा रोकाय र ५५ बर्षिय गंगा खड्का रहेका थिए । उक्त चार जना ३ दिनपछि घर फर्केका थिए भने, ७ जना पाटनमै सम्पर्क बिहिन बनेका थिए ।

पाँच दिनसम्म पाटनमा सम्पर्क बिहिन भएका ७ जनासंगै २२ वटा गाई, ५० वटा बाख्रा र १० भैंसी भने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *