जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा  सम्बन्धित जिल्लामा पुर्‍याइएको छ ।  यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश […]

Continue Reading

यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी !

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले आममाफीको निर्णय गरेको हो । 

Continue Reading

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ !

२० भदौ, काठमाडौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ […]

Continue Reading

सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन !

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले सहकारीहरुमा फसेको बचत फिर्ता गराइदिन मागसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा […]

Continue Reading

युएईलाई हराउँदै नेपालले जित्यो शृङ्खला !

२८ फागुन, काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग […]

Continue Reading

बन्दको प्रभाव २३ जना बन्दकर्ता पक्राउ

झापा । ‘कोशी’ प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्द आह्वान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा उत्रिँदै राजनीतिक दल र जातीय सङ्गठनहरूले आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा ६ वटा राजनीतिक दल र […]

Continue Reading

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । ‘खोलाको दुईपट्टि खेत छ, ठुला–ठुला खाडल पारिएको छ’, उनले भने, ‘तर यो विषयमा खेतालालाई […]

Continue Reading

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका जहाजको उडान !

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा […]

Continue Reading

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम !

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर […]

Continue Reading

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीमा भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका डिएसपी सन्तोष पाठकका अनुसार बिहीबार राजमार्गमा साइकल चलाउँदै गरेकी रजहरकी ५५ वर्षीया डालीमाया दमाइलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते महिलाको उपचारको क्रममा जिल्ला अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनायो । ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा […]

Continue Reading