ट्रकको ठक्करबाट महिलाको मृत्यु

अन्य उज्यालो खबर स्वास्थका कुरा

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीमा भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका डिएसपी सन्तोष पाठकका अनुसार बिहीबार राजमार्गमा साइकल चलाउँदै गरेकी रजहरकी ५५ वर्षीया डालीमाया दमाइलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट सख्त घाइते महिलाको उपचारको क्रममा जिल्ला अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनायो । ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *