रोल्पामा रवि छिरेपछि तरंग, रोल्पालीले अब कस्तो विद्रोह गर्लान् ?

काठमाडौँ । माओवादी सशस्त्र युद्धको उद्गम थलो मानिन्छ रोल्पा । माओवादी युद्धकै क्रममा ७ सय ५३ जना रोल्पालीले रगत बगाए । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादीका दर्जनौं रोल्पाली नेताहरु सिंहदरबार छिरे । पहिलो संविधानसभा निर्वाचनमा रोल्पाबाटै जितेका माओवादी युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन तीन पटक नेपालको प्रधानमन्त्री बने । तर पनि रोल्पाको मुहार […]

Continue Reading

नेपालमा भीआइपीको संख्या २ हजारभन्दा बढी, थेगिनसक्नु भार !

काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो । कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ […]

Continue Reading

विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा !

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्। जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन् । नयाँदिल्ली : नेपालका एकमात्र खर्बपति विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको छ । गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको हो।  आयकर […]

Continue Reading

मुगु सदरमुकाम गमगढीमा भिषण आगलागी, करोडौँको क्षति भएको अनुमान !

मुगु सदरमुकाम गमगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीका कारण गमगढी बजारको ८ घरहरू जलेका छन् । ती घरहरूमा रहेका ९ पसल तथा गोदामहरु पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट तार्के लामा, सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा नष्ट भएको बताइएको छ […]

Continue Reading

सरकारी विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजीमा पढाइने !

काठमाडौं । सरकारले निजीसँगै सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा पढाउनु पर्ने व्यवस्था अगाडि सारेको छ । बुधवार सङ्घीय संसद्‌को प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा यस्तो प्रस्तावित व्यवस्था राखिएको हो । विधेयकको दफा ८ मा शिक्षणको माध्यम भाषा सम्बन्धी व्यवस्था छ । जसअनुसार शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, […]

Continue Reading

गैँडाको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु !

कञ्चनपुर भदौ २९ गते ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । “बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले […]

Continue Reading

हृदयघातका कारण एमाले उपाध्यक्ष नेम्वाङको निधन !

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए । उनकाे मृत्युकाे खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष […]

Continue Reading

पहरोबाट खसेको ढुंगाले लागेर डडेल्धुरामा एक युवकको मृत्यु !

डडेल्धुरामा पहरोबाट पहिरोसँगै खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ। ​ केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा पहिरोसँगै खसेको ढुंगाले लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। डोटीको दिपायलबाट मोटरसाइकलमा अमरगढी फर्किने क्रममा उनलाई पहरोबाट खसेको  ढुंगाले टाउकोमा लागेको थियो।   ढुंगाले लागेर गम्भीर घाइते भएका उनको डडेल्धुरामा हुन […]

Continue Reading

नेपालका कुन-कुन ठाउँमा छन्, विद्युत प्राधिकरणले सञ्चालनमा ल्याएका फास्ट चार्जिङ स्टेसन ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बुधवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्राधिकरणले निर्माण सम्पन्न भएका ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिएकाे हो ।  प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात […]

Continue Reading

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव !

सिन्धुपाल्चोक, भदौ २२ । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ […]

Continue Reading