नेपालका कुन-कुन ठाउँमा छन्, विद्युत प्राधिकरणले सञ्चालनमा ल्याएका फास्ट चार्जिङ स्टेसन ?

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बुधवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्राधिकरणले निर्माण सम्पन्न भएका ५१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिएकाे हो । 

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा निर्माण गरिएका फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । 

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ ओटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना-ठूला कारहरू चार्ज गर्न मिल्ने प्राधिकरणले बताएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । यसबाट ठूला बससहित तीन ओटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । 

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

कहाँ-कहाँ छन् थपिएका चार्जिङ स्टेसन ?

क्र.सस्थानजिल्लासङ्ख्या
धार्केधादिङ
मुग्लिङचितवन
साझा सेवाबल्खु काठमाडौं
नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं
नेपाल पुलिस क्लब भृकृटीमण्डपकाठमाडौं
पारस बसपार्कचितवन
खुर्कोटसिन्धुली
सिन्धुली बसपार्कसिन्धुली
इलाका प्रहरी कार्यालय बर्दिबासमहोत्तरी
१०साझा सेवापुल्चोकललितपुर
११हरिवनसर्लाही
१२इनरुवा बसपार्कसुनसरी
१३प्रहरी पेट्रोल पम्प, लाहानसिराहा
१४कालिका फ्युल सेन्टर, मालेपाटन, पोखराकास्की
१५पर्यटक बसपार्क पोखराकास्की
१६दमक बसपार्कझापा
१७बेलका नगरपालिकाउदयपुर
१८बिर्तामोड बसपार्कझापा
१९सुर्खेत बसपार्कसुर्खेत
२०हेटौडा, रातमाटेमकवानपुर
२१विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीभक्तपुर
२२प्रहरी पेट्रलपम्प, सामाखुसीकाठमाडौं
२३बेगनास ताल, पोखराकास्की
२४बुटवल बसपार्करुपन्देही
२५इटहरीसुनसरी
२६विराटनगरमोरङ
२७कोहलपुर नयाँबसपार्कबाँके
२८धनगढीकैलाली
२९त्रिशूलीहावा घरनुवाकोट
३०बट्टार, त्रिशूलीनुवाकोट
३१कुश्मापर्वत
३२लमही बसपार्कदाङ
३३लम्कीकैलाली
  जम्मा५३

स्रोतः नेपाल विद्युत प्राधिकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *