पहरोबाट खसेको ढुंगाले लागेर डडेल्धुरामा एक युवकको मृत्यु !

उज्यालो खबर मुख्य खबर

डडेल्धुरामा पहरोबाट पहिरोसँगै खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ। ​

केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा पहिरोसँगै खसेको ढुंगाले लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

डोटीको दिपायलबाट मोटरसाइकलमा अमरगढी फर्किने क्रममा उनलाई पहरोबाट खसेको  ढुंगाले टाउकोमा लागेको थियो। 
 

ढुंगाले लागेर गम्भीर घाइते भएका उनको डडेल्धुरामा हुन नसकेपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *