२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

रास्वपाका अर्का उम्मेदवार पनि कालोसूचीमा ?

काठमाडौं—रास्वपाका अर्का उम्मेदवार पनि कालोसूचीमा रहेको पाइएको छ । सर्लाही–३ बाट रास्वपाको उम्मेदवार बनेका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको हो ।

यसअघि कर्जासूचना केन्द्रको कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाकै उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो । कलवार ठेक्का लिएर अलपत्र पारेको अभियोगमा २०८१ मंसिर ५ गते कालोसूचीमा परेका थिए । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ ।

निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।